जसपाबाट मन्जु अन्सारी बनिन् सांसद

जसपाबाट मन्जु अन्सारी बनिन् सांसद



काठमाडौं । मन्जु अन्सारी प्रतिनिधि सभाको समानुपातिक सांसदमा निर्वाचित भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद शहनाज रहमानको निधनपछि रिक्त स्थानमा अन्सारी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मुस्लिम समुदायबाट निर्वाचित रहमानको निधन भएपछि सोही समुदायको दोस्रो नम्बरमा रहेकी अन्सारी सांसद बनेकी हुन् ।