अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री

अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए । उनले २/४ दिनमै सरकारले पूर्णता पाउँने बताए ।

उनले अब आरामसँग सरकार चल्ने बताएका छन् ।

सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपालेले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।