प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार दलहरुले अब केही दिन भित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद्‍मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । सत्ता गठबन्धनमा धेरै दल रहेकाले सहजताका लागि प्रधानमन्त्रीले उनीहरुको संसदमा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव गरेका हुन् । आजदेखि सुरु हुने सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि दुई चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको थियो । एमाले र राप्रपा सरकारबाट बाहिरीएसंगै उनीहरुले नेृतत्व गरेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएका छन् ।