प्रधानमन्त्री दाहालविरुद्ध बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री दाहालविरुद्ध बानेश्वरमा नाराबाजी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ ।

तीन जना युवाको समूहले प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन कार्यक्रममा जाँदै गर्दा नाराबाजी गरेका हुन् ।

युवाहरुलाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवैजना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी गरेका थिए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।