होण्डा टेक्नीसीयन स्कील कन्टेष्ट २०२३ भव्यताका साथ सम्पन्न

होण्डा टेक्नीसीयन स्कील कन्टेष्ट २०२३ भव्यताका साथ सम्पन्न



काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्किल कन्टेष्ट संचालन गर्छ । यसै क्रममा यसवर्ष सम्पन्न भएको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधि भर सहभागी टेक्निशियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै Honda Standard Procedure अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौं बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखरा बाट २ जना र भैरहवा बाट २ जना प्रतियोगिहरु छनोट भई आएका थिए ।

स्याकार ट्रेडिङ्गले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निशियनहरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार STC पोखराका झलेन्द ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागीहरुले प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न अतिथी हरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाण(पत्र बितरण भएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थीतीमा सो कार्यक्रम मिति २०७९/१२/०३ मा सम्पन्न भएको थियो ।

पुरस्कृत मेकानीकहरु तेश्रो हुनेले रु.१५,०००/- दोश्रो हुनेले रु. २०,०००/- र प्रथम हुने मेकानीकले रु.३०,०००/- नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए ।