एनआरएनए अभियन्ता कृष्ण लामिछाने अमेरिकामा मृत भेटिए

एनआरएनए अभियन्ता कृष्ण लामिछाने अमेरिकामा मृत भेटिए


ग्लोब नेपाल
27.3k
Shares

टेक्सास। अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन् । समाचार स्रोतका अनुसार उनी मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका हुन् ।

गोर्खा नाम्जुङ घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक थिए। स्रोतका अनुसार उनी विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए । दुई छोरी र श्रीमतीका साथ बसोबास गर्दै आएका लामिछानेको मृत्युको कारण खुलेको छैन । उनी अमेरिकाबाट नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि समेत थिए । यसैगरी स्थानीय सामाजिक संस्था नेप्लिज सोसाईटी अफ टेक्सास (एनएसटी) का पूर्व अध्यक्ष समेत थिए ।