मन्त्रिपरिषद पुनर्गठनका लागि ४ बजे बैठक

मन्त्रिपरिषद पुनर्गठनका लागि ४ बजे बैठक



काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका लागि आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।

आज एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेकाे प्रधानमन्त्री सचिवालयले जानकारी दिएकाे छ । शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएकाे छ ।

सरकारमा सहभागिताका हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताएको छ ।