सेयर बजारका सबै सूचक ओरालाे

सेयर बजारका सबै सूचक ओरालाे



काठमाडौं । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ । 

२६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । 

बुधबार १ अर्ब ३० करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १ करोड बढी हो । कुल ३८ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन बीमा १२८, उत्पादन ८२, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ९४ र अन्य उपसमूह १४ अंक घटे ।

मायाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्सको ६ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।