काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु शाहलाई भेट्न झापाको दमक पुगेका थिए । महामन्त्री धवलशम्शेर राणाले बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ । उक्त भेटमा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी र उपाध्यक्ष रवीन्द्र मिश्र पनि सहभागी थिए ।
प्रतिक्रिया