चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति

चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति



काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।

सरकार विस्तारमा सहमति जुटाउन अर्को बैठक आवश्यकता अनुसार बस्ने बताइएकाे छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।