सरकारमा सहभागी हुने लोसपाको निर्णय 

सरकारमा सहभागी हुने लोसपाको निर्णय 



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ ।