प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच ‘वान टू वान’ वार्ता जारी

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच ‘वान टू वान’ वार्ता जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा वान टू वान वार्तामा जुटेका स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेकाे बताइएकाे छ । प्रचण्डले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि हालसम्म ठोस सहमति भइसकेको छैन । यसअघि बुधबार पनि गठबन्धनमा छलफल भएकाे थियाे ।