राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज



काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको लेखेको छ ।

बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।

सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायतको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।