रास्वपाले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने

रास्वपाले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।