हुम्लाको सिमकोट गाउँपालिका–१, २, ५, ६ र ८ वडामा हरेक वर्षको फागुन १२ गतेदेखि चैतलो पर्व सुरु हुन्छ । यो वर्ष पनि हालै सम्पन्न भयो । हुम्लाको यो विशिष्ट पहिचान हो । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । परापूर्वकालमा फागुन १२ गतेकै दिन गौरा पर्वको रुपमा यहाँ क्षेत्री समुदायले विशेषरुपले मनाउने गरेका छन् । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाले भगवना र देवताको बारेमा भजनमार्फत् गीत गाइन्छ ।
विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गरिन्छ । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् ।
चैतलो वर्षलाई यहाँका महिलाले पहेलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीत नाँचका रूपमा खेलिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ ।
गाउँ–गाउँ, टोलटोलबाट पहेलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाँच नै ‘चैतलो’ हो । यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाँच खेल्ने गरिन्छ ।
प्रतिक्रिया