मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा

मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न अहिले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् ।

कांग्रेसको तर्फबाट सरकारमा को को जाने भन्नेबारेमा छलफल चलिरहेको बुझिएको छ । सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि शनिबार नै सरकारका विषयमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।