उपचुनावका लागि कांग्रेसले सोमबार उम्मेदवार टुंगो लगाउने

उपचुनावका लागि कांग्रेसले सोमबार उम्मेदवार टुंगो लगाउने

छिट्टै सरकारलाई पूर्णता दिने तयारी


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आगामी सोमबार उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार आजको बैठकले उपनिर्वाचनमा उमेदवारको विषयमा छलफल गर्न सोमबार (१३ गते) संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने र त्यहाँबाट टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको र छिट्टै सरकारलाई पूर्णता दिने तयारी भएको डा. महतले बताएका छन् । छिट्टै सिट बाँडफाँट गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए ।