मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए ।

गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी छन् ।