तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि २६ दलले दिए दर्ताको निवेदन

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि २६ दलले दिए दर्ताको निवेदन



काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलले दर्ताको निवेदन दिएका छन् । तनहुँ–१ र बारा–२ मा हुने निर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

अब परेका निवेदनहरूमाथि अध्यनपछि दर्ताको निर्णय हुने आयोगले जनाएकाे छ ।

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुँदै छ । त्यसका लागि पहिले नै दल दर्ता भइसकेको छ । तनहुँ–१ र बारा–२ का लागि दल दर्ता गर्न आयोगले आइतबारसम्मको समय तोकेको थियो ।