काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् ।
त्यस क्रममा उनले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने संकेत पनि गरेका छन् । पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् । जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।
छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै उनले भने, ‘त्यसमा मैले के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’
उपप्रधानमन्त्री श्रेष्ठले सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने बताए ।
प्रतिक्रिया