एक महिलाले गोली चलाउँदा अमेरिकामा ३ बालबालिकासहित ६ को मृत्यु

एक महिलाले गोली चलाउँदा अमेरिकामा ३ बालबालिकासहित ६ को मृत्यु



न्यूयोर्क । अमेरिकाको टेनेसी नेसभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना ९ वर्षीय बालक छन् भने अन्य तीन जना ६० वर्षमाथिका छन् ।

गोली हान्ने व्यक्ति २८ वर्षीय महिला रहेको र उनको प्रहरी कार्बाहीमा मृत्यु भएको टेनेसी प्रहरीले जनाएको छ । घटना भएको विद्यालय ११ वर्षसम्मका बालबालिका पढ्ने एक निजी क्रिस्चियन प्राथमिक विद्यालय रहेको समाचार छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै बन्दुक हिंसा विरुद्ध कडा कदम चाल्न काँग्रेसलाई आग्रह गरेका छन् । अमेरिकामा बन्दुक हिंसाका कारण वर्षेनी सयौं मानिसको मृत्यु हुने गरेको छ ।