एकीकृत समाजवादीका नेताहरू बालुवाटारमा

एकीकृत समाजवादीका नेताहरू बालुवाटारमा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । अध्यक्ष माधव नेपालसहित सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादीले पाउने मन्त्रालयबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।

एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् । आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।