दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार १७.७० अंक बढेको परिसूचक नेप्से मंगलबार थप १२.१ अंक बढेसँगै १९१८ अंकमा कायम भएको छ । दिउँसो १ : २० बजे १९३६ अंकसम्म पुगेको बजारमा त्यसपछि आपूर्ति बढ्न जाँदा वृद्धिदर खुम्चिन पुग्यो ।

कुल १ अर्ब ४४ करोडको कारोबार भएको छ । यसअघि सोमबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो । १४२ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ७ को स्थिर रह्यो । बैंकिङ ३, होटल तथा पर्यटन १३, जलविद्युत् ५, जीवन बीमा ३४, उत्पादन ७६, माइक्रोफाइनान्स ११५, अन्य ९ र व्यापार उपसमूह १९ अंक बढे । विकास बैंक १७, फाइनान्स ४ र निर्जीवन बीमा उपसमूह १० अंक घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी, सिर्जनशील लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । महिला र नेरुडे लघुवित्तको मूल्य क्रमशः ८.९ र ७.९ प्रतिशत बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र अपी पावर क्रमशः अगाडि रहेका छन् ।