बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रमबारे छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा भइरहेकाे छ । बैठकमा मन्त्रिपरिषद्को पूर्णता र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेकाे बताइएको छ ।

१० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउन लागेकाे हाे । न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् ।

मंगलबार दिउँसो सुरु भएको बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी छन् ।

सरकार विस्तारका लागि गठबन्धनका नेताहरुसँग छुट्टाछुटै छलफलपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धन बैठकमा छलफल गरेका हुन् ।