भोलि बिहान ९ बजे फेरि बस्नेगरी सकियाे सत्ता गठबन्धन बैठक

भोलि बिहान ९ बजे फेरि बस्नेगरी सकियाे सत्ता गठबन्धन बैठक



काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिना निर्णय सकिएको छ ।

न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने तथा मन्त्रिपरिषद्मा भागबण्डा मिलाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सहमति जुट्न नसकेकाे हाे ।

सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो । न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताउदै आएका छन् ।

बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी भएका थिए ।

सरकार विस्तारका लागि गठबन्धनका नेताहरुसँग छुट्टाछुटै छलफलपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धन बैठकमा छलफल गरेका हुन् ।