अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोमा जलेर मृत्यु

अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोमा जलेर मृत्यु



मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । घटनामा २९ जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेको अधिकारीहरूले बताएका छन् ।

आगलागीको शुरुवात निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ । आगलागी स्थानीय समय अनुसार राति ९ बजे अघि भएको थियो । टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरुको ठूलो भीड लाग्दै आएको छ ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ । मेक्सिकाका राष्ट्रपति लोपेज ‌ओब्राडोरले आप्रवासीहरुले उनीहरुलाई निस्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुले विरोधका लागि आफूहरुले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध शुरु गरेको बताउनुभयो । पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना घटेको उहाँको भनाइ छ । घटनास्थलको तस्वीर निकै दर्शनाक र विभत्स रहेको छ ।