काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निश्चित भएको छ । श्रेष्ठ हाल उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् ।
बुधबार बिहान बसेको गठबन्धन बैठकमा भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।
गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताएका छन् । श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् रहने बताइएको छ ।
प्रतिक्रिया