सेयर बजारमा सामान्य अंकले उकालो, ८१ करोडको कारोबार

सेयर बजारमा सामान्य अंकले उकालो, ८१ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।

नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ ।

यसअघि मंगलबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोहीदिन नेप्से परिसूचक नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ भने ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा एनआइसि एशिया शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । 

बुधबार सानिमा माइ हाइड्रोपावर दोश्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड ३२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बुधबार १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ । आजको सुपरमाइ हाइड्रोपावर कम्पनी  र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।