काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरेको छ ।
आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गरेको हो । कुन मन्त्रालयको जिम्मेवारी दिइने निश्चित भएको छैन ।
अब केहिबेरमा बस्ने गठबन्धन बैठकले मन्त्रालयबारे टुंगो लगाउने बताइएकाे छ । आजै शपथको सम्भावनासमेत रहेको छ ।
प्रतिक्रिया