गठबन्धनमा आज पनि जुटेन सहमती, मन्त्रिपरिषद् विस्तार भोलि हुने

गठबन्धनमा आज पनि जुटेन सहमती, मन्त्रिपरिषद् विस्तार भोलि हुने



काठमाडौंं । सत्ता गठबन्धन दलका नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे आज पनि सहमती जुट्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठकाअनुसार गठबन्धनका १० दलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने भएका छन् ।

उनका अनुसार पहिलो चरणमा हुने मन्त्रीहरूको भोलि शपथ हुने भएको छ । कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा नै कुरा मिल्न नसकेपछि भोलि फेरि छलफल हुने भएको हो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेताहरु सहभागि थिए ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन् ।

प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् ।