सत्ता गठबन्धनले टुंगायो मन्त्रालय बाँडफाँड, मन्त्रिपरिषद् विस्तार भोलि हुने

सत्ता गठबन्धनले टुंगायो मन्त्रालय बाँडफाँड, मन्त्रिपरिषद् विस्तार भोलि हुने

दुई चरणमा मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी


ग्लोब नेपाल
67.9k
Shares

काठमाडौँ । आज बसेको सत्ता गठबन्धन बैठकले मन्त्रालयको करिब करिब बाँडफाँड टुंग्याएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड टुंग्याएको हो ।

‘भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दलको भागमा मन्त्रालय परेको छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको बैठकमा सहभागी एक नेताले ग्लोब नेपाललाई बताएका छन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेताहरु सहभागि थिए ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन् । प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् ।