चितवन–२ जीतनारायण, तनहुँ–१ मा गोविन्दलाई उम्मेदवार बनाउने कांग्रेस निर्णय

चितवन–२ जीतनारायण, तनहुँ–१ मा गोविन्दलाई उम्मेदवार बनाउने कांग्रेस निर्णय


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले श्रेष्ठ र भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि श्रेष्ठले भने, मलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ, व्यक्ति उम्मेदवार होइन, पार्टी उम्मेदवार हो, देशभरिका साथीहरुले शुभेच्छा प्रकट गरिरहेका छन् । उहाँहरुको शुभेच्छाअनुसार म चितवन–२ बाट कांग्रेसको तर्फबाट निर्वाचित भएर कांग्रेसका संसद संख्या बढाउनेमा आशावादी छु ।’