शरत सिंह भण्डारीलाई सरकारमा पठाउने लोसपाकाे निर्णय

शरत सिंह भण्डारीलाई सरकारमा पठाउने लोसपाकाे निर्णय



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् । आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।

सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।