बारा २ मा लोसपाकाे उम्मेदवार राजेन्द्र महतो

बारा २ मा लोसपाकाे उम्मेदवार राजेन्द्र महतो



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।

महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।

त्यसैगरी जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने भएकाे छ ।