आफू कांग्रेसमा नरहेको स्वर्णिमको सन्देश ४ नेतालाई

आफू कांग्रेसमा नरहेको स्वर्णिमको सन्देश ४ नेतालाई


ग्लोब नेपाल
621
Shares

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू काँग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरू शेखर कोइराला र डा‍ गोविन्दराज पोखरेललाई एसएमएस पठाएर आफू काँग्रेसमा नरहेको बताएका हुन् ।

‘शेरबहादुर–आरजु काँग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए । स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

सन्देश :

प्रिय शेखर दाई, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,

हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।

स्वर्णिम