काँग्रेसबाट अलग रहेको स्वर्णिमद्वारा घोषणा

काँग्रेसबाट अलग रहेको स्वर्णिमद्वारा घोषणा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग रहेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर अलग हुने घोषणा गरेका हुन् ।

उनले भनेका छन– ‘वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।’ त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेपाली कांग्रेस छोडेको बताइएको छ ।