मन्त्रिपरिषद विस्तार गर्न बालुवाटारमा छलफल जारी

मन्त्रिपरिषद विस्तार गर्न बालुवाटारमा छलफल जारी



काठमाडौं ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल जारी छ । मन्त्रिपरिषद् विस्तारका लागि नेताहरु निर्णायक छलफल गरिरहेका हुन् ।

बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा सहभागी भएका छन् ।

प्रायः सबै मन्त्रालयको भागवण्डा भइसकेपनि केहि मन्त्रालयमा दोहोरो दाबी परेकाले सहमति हुन सकेको छैन । अहिलेकाे बैठकले सबै मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ ।