काठमाडौं । गठबन्धनकाे प्रमुख दल नेपाली कांग्रेसले मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले मन्त्रालय पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टंगो लागेको कांग्रेसका एक नेताले बताए ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।
कांग्रेसबाट उपसभापति खड्का उपप्रधानसहित रक्षामा, अर्थमा प्रवक्ता प्रकाशशरण महत, परराष्ट्रमा रमेश रिजाल, सहरी विकासमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।
प्रतिक्रिया