प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ।

बिहीबार बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैँ मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै छलफल गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी, जसपा दुई/दुई र लोसपा, नागरिक उन्मुक्ति, जनमतले एक/एक मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ । प्रधानमन्त्री दाहालले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीले लामो समयदेखि १६ मन्त्रालय आफैँले हेर्दै आएका छन्।