पोर्नस्टारलाई गोप्यरुपमा भुक्तानी गरेको ट्रम्पमाथि आरोप

पोर्नस्टारलाई गोप्यरुपमा भुक्तानी गरेको ट्रम्पमाथि आरोप



अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकजना पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप लागेको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पूर्व पोर्न स्टार स्टर्मी डेनियललाई रकम दिईएको अभियोग ट्रम्पमाथि लगाइएको छ । तर सो आरोपको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

पूर्व पोर्न स्टार डेनियलले ट्रम्पसँग अनैतिक सम्बन्ध रहेको दाबी गर्दै चुप लागेर बस्न आफूलाई पैसा दिएको बताएकी छिन् । कथित अफेयरमा उनलाई गुपचुप रहन ट्रम्पले अमेरिकी डलर एक लाख ३० हजार दिएको भन्ने बिषयमा ट्रम्पमाथि अभियोग लगाइएको हो । तर ट्रम्पले सो अभियोग अस्वीकार गरेका छन् ।

ट्रम्पका वकिल सुसान नेचेलेसले पनि एक विज्ञप्तिमार्फत आरोप लागेको पुष्टि गर्दै राष्ट्रपति ट्रम्पले कुनै अपराध नगरेको र यो राजनीतिक अभियोजनमाथि अदालतमा कडाइका साथ लड्ने बताएका छन् ।