प्रधानमन्त्री दाहाल शीतल निवासमा

प्रधानमन्त्री दाहाल शीतल निवासमा


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । केही बेरअघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आज केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् । आज अपराह्न नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।