कांग्रेसबाट किन ४ मन्त्रीले मात्र सपथ लिँदैछन् ?

कांग्रेसबाट किन ४ मन्त्रीले मात्र सपथ लिँदैछन् ?


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार आज सातौं पटक विस्तार हुँदैछ । आज ३ बजे मन्त्रीहरुको शपथ कार्यक्रम तय भएको छ । यो शपथ कार्यक्रममा नेपाली कांग्रेसबाट ४ मन्त्रीले मात्र शपथ लिने भएको छन् । कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको छ ।

कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योगमन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङले मात्र सपथ लिने भएका छन् ।

कांग्रेस संस्थापनइतर शेखर समूहले तीन मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडान लिएपछि तत्काल कांग्रेसबाट ४ मन्त्रीले मात्र शपथ लिने भएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले शेखर समूहका लागि भनेर दुई मन्त्री छुट्याएका थिए । धनराज गुरुङ र डिगबहादुर लिम्बूको नाम मन्त्री बन्ने लिस्टमा समावेश गराएको थियो ।

उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बू, एनपी साउद र मोहन बस्नेतले तत्काल शपथ लिने छैनन् । मन्त्रालय हेरफेर गरेर मिलाउन सकिन्छ कि भनेर पार्टीभित्र एक्ससाइज भइरहेको बताइएको छ ।