काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन-२ र तनहुँ-१ को उम्मेदवार चयन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ-१ मा सर्वेन्द्र खनाललाई र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘बारा-२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ,’ गुरुङले भने ।


प्रतिक्रिया