बारा–२ मा लोसपाले उमेदवार नउठाउने, उपेन्द्रलाई समर्थन

बारा–२ मा लोसपाले उमेदवार नउठाउने, उपेन्द्रलाई समर्थन



काठमाडौं । सत्तासाझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा क्षेत्र नम्बर २ मा पार्टीको उमेदवार नउठाउने भएको छ ।

गठबन्धनका उमेदवारलाई सघाउने शनिबार बसेको बैठकले निर्णय गरेको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले जानकारी दिए ।

बारा–२ मा गठबन्धनको तर्फबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाउन दलहरू सहमत भएकाले उमेदवार नउठाइने लोसपाले निर्णय गरेकाे हाे ।

उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो उमेदवार बन्ने तयारी गरेका थिए । तर गठबन्धनको निर्णयसँगै उनी ब्याक भएका छन् । बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सोमबार उमेदवारी दर्ता हुँदैछ ।