काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको भूमिका तटस्थ र निष्पक्ष बनाउन आफूले संशोधन प्रस्ताव दर्ता गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा नियमावलीमाथिको दफाबार छलफलका क्रममा उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहअनुसार सभामुख अघि बढ्न पर्ने बताए ।
उनले भने, “सभामुख भनेको न सत्तापक्षको होस् न विपक्षको होस् । सभामुख तटस्थ र निष्पक्ष होस् भन्ने मेरो प्रस्तावको चाहना हो । सभामुखले न दायाँ न बायाँ, सभामुखले कतै पनि नहेरेर, सभामुखको छाँया कतै पनि पर्नु हुँदैन भन्ने धारणा हो ।”
सभामुखलाई पार्टीको ‘चार्ज’ लाग्ने गरेकाले कार्यव्यवस्थाको निर्णयबाट अघि बढ्दा बलियो हुने उनले बताए ।
प्रतिक्रिया