बारा । बारा २ को उपनिर्वाचन अन्तरगत सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का डा. कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदपारी दर्ता गराएको हो ।
उनको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन् । सत्ता गठबन्धनबाटै जसपाका उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् । यादवलाई कांग्रेस, माओवादीलगायतका दलको समर्थन रहेको छ ।


प्रतिक्रिया