वैशाख १० गते चितवन २ को परिणाम बदलिन्छ : विश्वप्रकाश शर्मा

वैशाख १० गते चितवन २ को परिणाम बदलिन्छ : विश्वप्रकाश शर्मा



चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते चितवन २ को परिणाम बदलिने बताएका छन् । सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो पटक वैशाख १० गते परिणाम बदलिने बताएका हुन् ।

‘यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजार भन्दा बढि मानिसले उता पर्मा लाएका थियौं । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ’, शर्माको भनाइ छ ।