काठमाडौं । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सोमबार भएको उम्मेदवारी मनोनयनमा ९ जनाको उम्मेदवारी परेको हो । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी भने परेको छैन् ।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यी हुन् उम्मेदवार
१) रामप्रसाद प्रजापति – नेपाल मजदुर किसान पार्टी
२) पूर्णबहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी
३) सर्वेन्द्र खनाल – नेकपा (एमाले)
४) प्रेमबहादुर थापा – मंगोल नेसनल अर्गनाइजेसन
५) गणेश श्रेष्ठ – नेकपा (समाजवादी)
६) गोविन्द भट्टराई – नेपाली कांग्रेस
७) शोभा गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी
८) भीमबहादु सुनार – नागरिक उन्मुक्ति
९) स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी
प्रतिक्रिया