काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।
यसैगरी, नेप्से सुचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ ।
एनआइसि एशिया बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो । मंगलबार १३ उपसुचक मध्ये ७ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।
मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरि सानिमा ग्रोथ फण्डको ८.९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको ७.७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६.८४ प्रतिशतले सेयर कारोबार बढेको छ ।
प्रतिक्रिया