बालुवाटारमा सत्तारुढ ४ दलको बैठक जारी

बालुवाटारमा सत्तारुढ ४ दलको बैठक जारी



काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक जारी छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।

बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेमा १० दल रहे पनि उपराष्ट्रपति निर्वाचनदेखि गठबन्धनमा फाटो आएको छ ।